घरमै रही रमजान व्रत शुरु

काठमाडौँ, वैशाख १३ गते । मुस्लिम धर्मावलम्बीले सामाजिक दूरी कायम गर्दै घर घरमै रही एक महिने कठोर रमजान व्रत शुरु गरेका छन् । इस्लामिक पात्रोअनुसार नवौँ महिनामा रमजान व्रत गर्ने विधि रहेको घण्टाघरस्थित नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल समिमले जानकारी दिनुभयो । एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् ।

व्रतका बेला मुस्लिम समुदायले मस्जिदमा गई कुरानको केही भागका रुपमा नमाज पढ्ने गरेकामा यस वर्ष कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीले घरमै बसेर व्रतलगायत नमाज पढ्ने विधि गरिरहेका छन् । एक महिनापछि व्रत समापनका अवसरमा पनि सामाजिक दूरी कायम गरेर इदुल फित्र मनाइने तयारी भइरहेको अध्यक्ष समिमले जानकारी दिनुभयो । शुक्रबार मुस्लिम आयोगले घर घरमै रमजान पर्व मनाउन आह्वान गरेको थियो ।

देशभरका मुस्लिम समुदायले भक्तिको महिनाका रुपमा मनाउने भएकाले यसबाट पाप नाश हुने धार्मिक विश्वास रहेको छ । वर्षमा कुनै त्रुटि भएको भए यसै अवसरमा अल्लाहसँग क्षमायाचना गर्ने मुस्लिम समुदायको परम्परा छ ।

रमजान व्रतपछि आउने इदुल फित्र मुस्लिम धर्मावलम्बीको पहिलो चाड हो । जुन पर्व आजको २९औँ दिनमा चन्द्रमा देखिए त्यसको भोलिपल्ट मनाइन्छ । नदेखिए ३०औँ दिन मनाइने अध्यक्ष समिमले सुनाउनुभयो । इस्लामिक पात्रोअनुसार ३१औँ दिन नहुने जनाइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter