झापामा थप एकमा कोरोना पुष्टि, कुल संख्या ५२ पुग्यो

काठमाडौं, वैशाख १४ गते । आज साँझ थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।
पछिल्लो समय कोरोना पुष्टि भएका व्यक्ति झापा निवासी भएको र निज ५० वर्षको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
निजको स्वाब परीक्षण कोशी अस्पताल विराटनगरमा भएको थियो ।