सामाजिक सुरक्षामा पहल लिन सङ्घीय संसद् तयार: सभामुख

काठमाडौँ, वैशाख १९ गते । सभामुख अग्निप्रसाद सापकोटाले अग्रगमन तथा साामजिक न्यायका लागि श्रमिकहरुबाट भएको योगदान र बलिदानको स्मरण गर्दै सम्पूर्ण श्रमजीवी मजदुर वर्गमा शुुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले हाल कोरोना भाइरसका कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गरिरहेका, असङ्गठित र सङ्गठित क्षेत्रका मजदुरले रोजगारी गुमाउनुपर्नेसम्मको अवस्था सिर्जना भएकाले राज्यलाई तत्कालीन र दीर्घकालीन योजनासहित राहत र सहयोगका कार्यक्रम ल्याउन सुझाव दिनुभएको छ ।

१३१औँ अन्तर्राष्ट्रिय श्रमिकका दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै सभामुख सापकोटाले कोरोनाका कारण उत्पन्न विषम परिस्थितिले देशभित्रका मात्रै नभएर श्रमका लागि विश्व बजारमा पुुगेका लाखौँ नेपाली मजदुरका विषयमा पनि गम्भीर हुनुपर्ने अवस्था आएको उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “जारी बन्दाबन्दीका कारण उद्योग धन्दा, कलकारखाना तथा निर्माण परियोजना बन्द हुँदा श्रम तथा उत्पादनका काम रोकिने अवस्था छ । आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीसहित सतर्कतापूर्वक श्रममा जाने वातावरण छिट्टै बनाउनुपर्ने राज्यको दायित्व छ ।” सभामुख सापकोटाले मजदुर वर्गको ठूलो योगदानबाट बनेको नेपालको संविधान–२०७२ ले सुनिश्चित गरेका हक मजदुर वर्गले प्रयोग गर्ने वातावरण छिट्टै बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “स्वदेशमै श्रम अवसरको ग्यारेन्टी, श्रमअनुरुपको पारिश्रमिक र मजदुरको सामाजिक सुरक्षाका विषयमा पहल लिन सङ्घीय संसद् सदैव तयार रहेको विश्वास दिलाउँछु ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter