• Saturday, April 12, 2025

संविधानमा पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित : परराष्ट्र

काठमाडौँ, जेठ २३ गते । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तले २०२० जुन ३ मा कोरोना भाइरस रोग (कोभिड–१९) को सङ्क्रमणलाई जोेडेर अभिव्यक्ति स्वतन्त्रताको सम्बन्धमा जारी गरेको विज्ञप्तिप्रति नेपाल सरकारको ध्या(नाकर्षण भएको जनाएको छ । सो विज्ञप्तिमा नेपालको अभिव्यक्ति स्वतन्त्रतामा प्रतिकूल प्रभावबारे उल्लेख गरिएको थियो ।

यस सन्दर्भमा नेपालमा प्रेस स्वतन्त्रताको सही तथ्य र वास्तविकता त्यस वक्तव्यमा उल्लेख भए जस्तो प्रतिविम्बित नभएको नेपाल सरकारले जनाएको छ ।

सरकारका तर्फबाट बिहीबार वक्तव्य जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरेको बताएको छ । कुनै पनि प्रकारको उल्लङ्घनविरुद्ध प्रभावकारी न्यायिक उपचार सुनिश्चित गरेको समेत प्रस्ट पारिएको छ ।

oविज्ञप्तिमा ‘नेपाल सरकार संविधानको आधारभूत अधिकार र स्वतन्त्रताको रक्षा गर्न पूर्ण प्रतिबद्ध छ । सरकारको काम भूमि र देशको कानुनद्वारा निर्देशित छ’ भनिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter