• Saturday, April 12, 2025

कोरोनाबाट थप ३२३ सङ्क्रमित, कुल सङ्ख्या ३२३५ पुग्याे, थप दुई जनाको मृत्यु

काठमाडौँ, जेठ २४ गते । नेपालमा कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या ३२३५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको हो ।

देशका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा मोरङ २, सुनसरी ४, सप्तरी १, नवलपरासी ३, बाँके १२, बर्दिया २८, कास्की ३, स्याङ्जा १०, बाग्लुङ १, सुनसरी १, सप्तरी ७, बजाङ ६, कन्चनपुर १, कन्चनपुरमा रहेका काठमाडौँका २ जना ,अछाम २, कैलाली २, डडेलधुरा १, दैलेख ४३, डोल्पा १, दैलेख ४, सुर्खेत १०, जाजरकोट ४, सल्यान ३८, रुपन्देही १७, अर्घाखाँची १, कपिलबस्तु ११, नवलपरासी २, रुपन्देही ३, भक्तपुर १, धनुषा ८, कपिलबस्तु ३९, काठमाडौं ४, महोत्तरी ३५, रौतहट ६, सर्लाही २७ जना सङ्क्रमित भएका छन् ।

थप ३२ डिस्चार्ज

त्यसैगरी, आज थप ३२ डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको सङ्ख्या ३६५ पुगेको छ ।

थप दुईजनाको मृत्यु

त्यसै गरी, कोरोना भाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । कुल मृत्यु १३ पुगेको छ । डोल्पा गत जेठ २१ गते राति दुई बजेतिर ५८ वर्षका पुरुषको १६ गते सुर्खेतबाट १८ गते डोल्पा जानुभएको थियो । उहाँ दमको रोगी हुनुहुन्थ्यो ।

एकजना मृगोला रोगी महिलाको सेती अस्पतालमा जेठ २३ गते डाइलाइसिस गर्दैगर्दा दिउँसा करिब १२ बजे मृत्यु भएको छ । उहाँमा कुनै पनि कोरोना भाइरसको लक्षण देखिएको थिएन । तर सेती अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा पोजेटिभ आएको छ ।

नेपालका ७० जिल्लामा सङ्क्रमण भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter