• Tuesday, April 15, 2025

काेराेनाबाट थप ३१४ सङ्क्रमित, कुल सङ्ख्या ३७६२ पुग्याे

काठमाडौँ, जेठ २६ गते । नेपालमा कोरोना भाइरसबाट थप ३१४ सङ्क्रमित भएका छन् ।

योसँगै सङ्क्रमितको कुल सङ्ख्या तीन हजार ७६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

पुरुष २९४ जना र २० जना महिला गरी कुल ३१४ जनामा थप कोरोना भएकाे छ । त्यसैगरी, थप २१ जना डिस्चार्ज हुनुभएकाे छ । कुल डिस्चार्ज हुनेको सङ्ख्या ४८८ पुगेको छ ।

त्यसैगरी, कोरोना भाइरसको सङ्क्रमणबाट १४ जनाकाे मृत्यु भएकाे छ । क्वारेन्टाइनमा एक लाख ६६ हजार ६६८ रहेका छन् भने तीन हजार २६० जना आइसोलेसनमा रहेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter