• Tuesday, April 15, 2025

काेराेनाका थप २५० सङ्क्रमित, कुल सङ्ख्या चार हजार ६१४ पुग्याे

काठमाडौं, जेठ २९ गते । नेपालमा कोरोना भाइरसबाट थप २५० सङ्क्रमित भएका छन् । नयाँ सङ्क्रमितमा पुरुष २३० पुरुष र २० जना महिला रहेका छन् । योसँगै सङ्क्रमितहरुको कुल सङ्ख्या चारहजार ६१४ पुगेको छ । तीमध्ये ४ हजार २८५ पुरुष र ३२९ महिला छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो ।

बिहीबार सुनसरी ३, रौतहट ५७, बारा ७, धादिङ ७, सर्लाही ४, सप्तरी ९, महोत्तरी ४, झापा ३, दाङ ८, रोल्पा १४, बाँके १३, दैलेख ४८, सुर्खेत ७, प्युठान ४, रुपन्देही २९, कैलाली ७, बाजुरा १८, बझाङ २, नवलपरासी ६ र कपिलवस्तु २ जना सङ्क्रमित थपिएका छन्।

त्यसैगरी, आज थप १८७ डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ८ महिला र १७९ पुरुष रहेका छन् । योसँगै कुल डिस्चार्ज हुनेको ८६१ सङ्ख्या पुगेको छ । पुरूष ७७४ र महिला ८७ डिस्चार्ज भएका हुन् । मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter