थप ४४८ सङ्क्रमित, कुल सङ्ख्या पाँच हजार ६२; ८७७ जना डिस्चार्ज

काठमाडौँ, जेठ ३० गते । नेपालमा कोरोना भाइरसबाट थप ४४८ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरुको कुल सङ्ख्या पाँचहजार ६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो । थप सङ्क्रमित हुनेमा ४२४ र महिला २४ छन् । कुल सङ्क्रमित हुनेमा चारहजार ७०९ र ३५३ रहेका छन् ।

थप १६ डिस्चार्ज

त्यसैगरी, आज थप १६ डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको ८७७ पुगेको छ । दुबै प्रकारका परीक्षणको सङ्ख्या एकलाख २१ हजार ८६२, क्वारेन्टाइनमा एकलाख ५८ हजार ५० रहेका छन् । आइसोलेसनमा चारहजार १६९ रहेको छ ।

थप एककाे मृत्यु

अर्घाखाँचीको एक क्वारेन्टाइनमा रहेका एक सङ्क्रमित ५७ वर्षको अस्पतालबाट उपचारपछि घर फर्किदै गर्दा मृत्यु भएका छन् । उनको स्वाब परीक्षण पोजेटिभ आएकाले नेपालमा कोभिड १९बाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

काठमाडौंमा पुनः एकजना महिलामा सङ्क्रमण

काठमाडौंमा पुनः एकजना महिलामा सङ्क्रमण देखिएको छ । त्यसैगरी, नुवाकोट, तनहुँ, धनुषा, बारा, पाल्पा, गुल्मीमा एक एकजनालाई कोरोना लागेको छ । त्यसैगरी, सर्लाहीमा ५०, रौतहटमा ८६, नवलपरासी पश्चिम २, रुपन्देही १६, प्युठान २, अर्घाखाँची २, सुर्खेत ४५, दैलेख ३८, दाङ ८, कपिलबस्तु ४ जनालाई सङ्क्रमण भएको छ ।

यता, मोरङ २, झापा १३, महोत्तरी १०, चितवन ८, धादिङ २९, सप्तरी १७, उदयपुर ३, सिराहा ११, इलाम ११, सुनसरी १०, पर्वत १३, स्याङ्जा २२, नवलपरासी पूर्व ५, बर्दिया १७, बाँके २ जनासहित ७२ वटा जिल्लामा कोभिड १९ को सङ्क्रमण फैलिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter