• Saturday, April 12, 2025

राष्ट्रपतिद्वारा संविधान संशोधन विधेयक प्रमाणीकरण

काठमाडाैं, असार ४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७“ नेपालको संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७“ नेपालको संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम उहाँले प्रमाणीकरण गर्नुभएको हाे । याे सँगै नेपालका नयाँ नक्साले संवैधानिक मान्यता पाएकाे छ ।

देशलाई परेका बेला नेपाली एक ठाउँमा हुन्छन् भन्ने प्रमाणितः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन तहको सरकारले कोरोना रोकथाममा निकै सक्रिय भएर काम गरिरहेको बताउनुभएको छ । जनप्रतिनिधीहरूले आफूले सकेको हिसाबले काम गरिरहनुभएको प्रधानमन्त्री ओलीले बताउनुभएको हो । उहाँले आफूमात्रै ठिक अरु सबै भष्ट्र भनेर भन्नु नमिल्ने बताउनुभयो ।

राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जनप्रतिनिधि काममा लागेका छन्, त्यता कसैको पनि ध्यान छैन, गरेको कामको प्रशंसा छैन । तर दैनिक हिसाबकिताब चाहियो भनेर हल्ला भइरहेको छ ।’ उहाँले नेपाली जनताको रोग प्रतिरोधी क्षमता बढिरहेको बताउनुभयो । हाम्रो प्रतिरोधी क्षमता र प्रभावकारी उपचार विधिका कारण नेपालमा कोरोना भाइरसबाट धेरै मानिसको मृत्यु नभएको दाबी गर्नुभयो ।

देशलाइ परेका बेला सबै नेपाली एक ठाउँमा हुन्छन् भन्ने प्रमाणित भएकाे बताउँदै राष्ट्रियसभाले सर्वसम्मत संविधान संशाेधन पारित गरेकाेमा प्रधानमन्त्री ओलीले धन्यवाद पनि दिनुभयाे ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter