विदेशी बुहारीलाई ७ वर्ष नेपालमा बसेपछि नागरिकता दिइनुपर्ने निष्कर्ष

काठमाडौँ, असार ६ गते । नेकपा सचिवालय बैठकले नेपालीसँग विवाह गरेका विदेशी महिलालाई सात वर्षपछि मात्र नागरिकता दिइनु उपयुक्त हुने निष्कर्ष निकालेकाे छ । सचिवालय बैठकले हाल संसदमा छलफलमा रहेकाे प्रस्तावित नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था राख्ने गरी विधेयक अघि बढाउने निर्णय गरेको हाे

नेपाली पुरुष नागरिकसँग विवाह गर्ने महिलाले प्राप्त गर्ने अङ्गीकृत नागरिकताको प्रावधानबारे विदेशी महिलाको हकमा सात वर्ष देशभित्र बसेको पुष्टि भएपछि आफ्नो विदेशमा रहेको नागरिकता वा त्यस्तै अन्य प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने कारबाही चलाएको प्रमाण पेश गरेपछि मात्र सम्बन्धितले वैवाहिक अङ्गीकृत नागरिकता पाउनु उपयुक्त हुने निष्कर्ष निकालेको हाे ।

नेकपा सचिवालय बैठकमा यसबारे छलफल भएपछि निष्कर्ष सुनाउँदै गैरआवसीय नेपालीको हकमा उहाँले सामाजिक, सांस्कृतिक र आर्थिक सम्पूर्ण अधिकार विवाह गरेको दिनदेखि प्राप्त गर्न सक्ने गरी उहाँहरूलाई आवासीय परिचयपत्र पाउनसक्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । हाल नागरिकता विधेयक संसदमा छलफलका क्रममा रहेका बेला नेकपाकाे साे निर्णय अाएकाे हाे ।

बैठकमा एमसीसीबारे कुनै छलफल नभएकाे उहाँले जानकारी गराउनुभयाे ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter