थप ४२१ सङ्क्रमित, कुल नाै हजार २६,एक हजार ७७२ निकाे

काठमाडौँ, असार ७ गते । नेपालमा थप ४२१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित नाै हजार २६ पुगेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । थप ३५७ जना पुरुष र ६४ जना महिला सङ्क्रमित भएका हुन् ।

थप १९४ जना निकाे भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा आठ महिला र १६७ पुरूष रहेका छन् । याेसँगै एक हजार ७७२ निकाे भएका छन् । जम्मा निकाे हुने मध्ये १६२३ जना पुरुष र १४९ जना महिला रहेका छन् ।

रेड जाेनमा ५०५ जना पुगेकाे छ । आज दुई जना रेड जाेनमा परेका छन् । पछिल्लो २४ घण्टामा छ हजार आठ जनाकाे नमूनाको पीसीआर टेस्टमा काेराेना पुष्टि भएको हाे । क्वारेन्टाइनमा रहेकाकाे सङ्ख्या ९८ हजार ९२८ पुगेको छ । आइसोलेसनमा रहेकाकाे सङ्ख्या सात हजार २३१ पुगेको छ ।

काठमाडाैँ उपत्यकाकाे ललितपुरमा एक जना महिला सङ्क्रमित भएका छन् ।

गुल्मीका एक पुरूषकाे मृत्यु भएकाे छ । असार ५ गते घरमै मृत्यु भएकाे हाे । उहाँकाे स्वाब परीक्षणमा काेराेना पाइएकाे हाे । याेसँगै २३ जनाकाे मृत्यु भएकाे छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter