योग अभ्यासलाई जीवनशैली बनाउनुपर्छ : प्रम

काठमाडौँ, असार ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोग ९कोभिड–१९० महामारीविरुद्धको सङ्घर्षमा औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्त्वपूर्ण हुने बताउनुभएको छ ।

सरकारले अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षाका मुख्य आधारसमेत शारीरिक एवं मानसिक रूपले स्वस्थ र निरोगी नागरिक भएकोमा उहाँले जोड दिनुभयो ।

छैटौंँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न सबैमा आह्वान गर्नुभयो ।

उहाँले योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज भएको चर्चा गर्नुहुँदै मानसिक अन्तरयात्रामार्फत शारीरिक तथा मानसिक स्वास्थ्यको अध्ययन गर्ने योग शास्त्रको महìव आधुनिक युगमा झनै बढेको बताउनुभयो । तनाव, द्वेष, इष्र्या र निन्दाका दुष्प्रभावलाई त्याग्दै समाजलाई स्वस्थ, खुसी र सकारात्मक मनोचेतनातिर लैजान योगलाई मानव जीवनको अङ्ग बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

योग महìवका बारेमा जनचेतना अभिवृद्धिका लागि यसका सरल विधि जनसाधारणमा पु¥याउन आवश्यक रहेको उहाँले बत(ाउनुभयो । प्रधानमन्त्री ओलीले आधारभूत स्वास्थ्य सेवाभित्र योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा जोड दिनुहुँदै निरोगी नेपालको उद्देश्य प्राप्ति गरिने बताउनुभयो ।

सन् २०१५ बाट संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेको हो । संसारभर जुन २१ लाई योग दिवसका रूपमा मनाइँदै आएको छ । नेपालमा पनि माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने परम्परासमेत थालनी भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter