• Saturday, April 05, 2025

थप ५३५ जनामा कोरोना सङ्क्रमण पुष्टि, कुल ९ हजार ५६१ सङ्क्रमित

काठमाडौँ, असार ८ गते । देशभर पछिल्लो २४ घन्टामा पाँच सय ३५ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित मिडिया ब्रिफिङमा हालसम्म कुल संक्रमितको संख्या नाै हजार पाँच सय ६१ पुगेको जानकारी दिए ।

देशभरका २२ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप चार सय ६१ पुरुष र ७४ महिलामा संक्रमण पुष्टि भएको गौतमले बताए ।

त्यसैगरी पछिल्लो २४ घन्टामा तीन सय ७० जना निकाे भएर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या दुई हजार एक सय ४२ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल आइसोलेसनमा सात हजार सात सय ८९ र क्वारेन्टाइनमा ९० हजार सात सय ३० जना रहेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter