स्वास्थ्य मन्त्रालयले भन्यो– काठमाडौं भित्रिने व्यक्तिले पिसिआर परीक्षण गर्नुपर्दैन, १४ दिन होम क्वारेन्टाइनमा बसिदिनू

काठमाडौँ, असार ९ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिरी जिल्लाबाट काठमाडौं भित्रिने व्यक्तिले विना कुनै लक्षण पिसिआर परीक्षण गर्नु नपर्ने जनाएको छ । सम्भावित जोखिमलाई ध्यान दिँदै १४ दिन होम क्वारेन्टाइनमा भने बसिदिन आग्रह गरेको छ ।

भाडामा बस्नेहरू उपत्यका आउँदा केही घरबेटीहरूले पिसिआर परीक्षण नगरी घरमा प्रवेश गर्न रोक लगाउने गरेका गुनासा आइरहेका वेला मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो ।

मंगलबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यका आउने मानिसहरूलाई पिसिआर परीक्षण अनिवार्य चाहिने भन्दै अनावश्यक दबाब नदिन आग्रह गरे । तर, १४ दिन होम क्वारेन्टाइनमा बस्न आग्रह गरे । ‘बाहिरबाट आएकाले १४ दिन होमक्वारेन्टाइनमा बस्नुपर्छ । त्यस अवधिमा लक्षण देखिए मात्र चिकित्सकको सल्लाहमा परीक्षण गर्नुपर्छ,’ उनले भने।

घरबेटीले पिसिआर रिपोर्ट लिएर मात्रै आउन भनेपछि पछिल्ला दिन दैनिक हजारको संख्यामा व्यक्तिहरू नमुना परीक्षणका लागि टेकु अस्पताल पुग्ने गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयमार्फत उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । गृहले सबै जिल्ला प्रशासनलाई पत्राचार गर्दै स्वास्थ्य मन्त्रालयले गरेको आग्रह पालना गर्न निर्देशन दिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter