• Saturday, April 05, 2025

थप ५५४ जनामा कोरोना सङ्क्रमण, कुल सङ्क्रमित १२ हजार ३०९

काठमाडौं, असार १३ गते । कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले शनिबार पछिल्लो २४ घण्टामा देशभर थप ५५४ जनामा कोरोना सङ्मित थपिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार, १२० जना महिला र ४३४ जना पुरुष रहेका छन् । पछिल्लो समय थपिएका ५५४ सहित देशभर ७७ जिल्लामा सङ्क्रमितको संख्या १२ हजार ३०९ पुगेको छ ।

प्रवक्ता प्रा।डा। गौतमका अनुसार, शनिबारदेखि ७७ जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ । पछिल्लो पटक रसुवा जिल्लामा आठ महिला र एक पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो ।

शनिबार थपिएका नयाँ सङ्क्रमितहरुमा कोशी अञ्चल अस्पतालमा १२ जना, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर दुई, प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुर ३३, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु २२४ , नारायणी अस्पताल प्रयोगशाला वीरगञ्ज दुई, भरतपुर अस्पताल ल्याव चितवनमा दुई, धुलिखेल अस्पताल ल्याव चार, प्रादेशिक ल्याव हेटौडा आठ, पाटन अस्पताल ल्यावमा छ, वीर अस्पताल छ, त्रिवि शिक्षण अस्पताल ८२, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा ८५, भेरी अस्पताल नेपालगञ्जमा छ, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३९, प्रदेश प्रयोगशाला सुर्खेत सात, सेती प्रदेशिक अस्पताल प्रयोगशालामा ३५ जनालाई कोरोना पुष्टि भएको जनाइएको छ ।

प्रवक्ता प्रा।डा। गौतमले पछिल्लो २४ घण्टामा १३६ जना डिस्चार्ज भएको जानकारी दिनुभयो । यो संगै डिस्चार्ज हुनेको संख्या दुई हजार ८३४ पुगेको छ । कोरोना सङ्क्रमणबाट पछिल्लो समय एक जनाको निधन भएको जनाइएको छ । यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । भरतपुरस्थित कोभिड अस्पतालमा कैलालीस्थित गोदावरी नगरपालिका ५० वर्षीय एक पुरुषको निधन भएको हो ।

प्रवक्ता प्रा।डा।गौतमले २४ घन्टामा चार हजार ६०६ जनाको पीसीआर परीक्षण भएको जानकारी दिनुभयो । पीसीआरबाट हालसम्म दुई लाख १० हजार ८७७ को परीक्षण गरिएको छ । त्यस्तै, आरडिटिबाट दुई लाख ९४ हजार ३४ जनाको परिक्षण भएको छ । पछिल्लो समय तीन हजार ६८५ जनाको आरडिटि परीक्षण गरिएको छ । शनिबारसम्ममा देशभर ६५ हजार ७१२ जना क्वारेन्टाइनमा रहेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter