• Wednesday, April 02, 2025

मन्त्रिपरिषद निर्णय : ७ साउनसम्म लकडाउन, अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि बन्द

सरकारले आंशिकरूपमा खुलेको लकडाउनलाई ७ साउनसम्म निरन्तरता दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले त्यसबेलासम्म अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि बन्द राख्ने निर्णय लिएको छ ।

होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धता भएमात्रै उपत्यका छिर्न पाउने

कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले अनिवार्य होम क्वारेन्टिनमा बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्डअनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आए र होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धता भएमात्रै उपत्यका भित्रिन दिने निर्णय सीसीएमसीले गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार १४ दिन होम क्वारेन्टिनमा बस्नेगरी स्थानीय तह र प्रहरीको सिफारिस लिएर आउन दिने सोमबार बसेको सीसीएमसीको बैठकले निर्णय गरेको जानकारी दिए ।

हवाई तथा स्थलमार्गबाट आउने सबैमा सो निर्णय लागू हुने गुरागाइँले बताए । सीसीएमसीले क्वारेन्टिनहरुमा स्वास्थ्य सामग्री वितरण गर्न मन्त्रालयको अनुमति पनि अनिवार्य गर्ने निर्णय गरेको छ । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेहरुका लागि स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter