• Tuesday, April 15, 2025

काठमाडाैँ उपत्यकामा ३२ सहित ४७३ सङ्क्रमित, कुल १४ हजार ५१९ पुग्याे

उपेश महर्जन / काठमाडौँ, असार १८ गते । कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या १४ हजार ५१९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४७३ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । जसमध्ये १०९ महिला र ३६४ पुरुष रहेका छन् ।

विगत २४ घण्टामा चारहजार ५३७ काेराेना परीक्षण भएको छ । अहिलेसम्म दुईलाख ३७ हजार ७६४ वटा परीक्षण भएको छ । क्वारेन्टाइनमा ३८ हजार १०९ र आइसोलेसनमा दशहजार १३७ रहेका छन् ।

डिस्चार्ज

देशभर पाँच हजार ३२० डिस्चार्ज भएका छन् । बिहीबार देशभरबाट ६६४ जना निकाे भएर घर फर्केका छन् ।

काठमाडाैंमा २८ सङ्क्रमित

सङ्घीय राजधानी काठमाडाैँमा ११ पुरुष र १७ महिला, ललितपुरमा दुई पुरूष र भक्तपुरमा दुई पुरुषलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै, सुनसरीका ४,मोरङका ६, झापाका १, सप्तरीका १०, धनुषाका ३०, महोत्तरीका १३, अछामका ३१, बझाङका ३५, डोटीका ५८, कैलालीका १६५, कञ्चनपुरका ३१, खोटाङका १, चितवनका २, वर्दियाका १, दाङका २, धादिङका १,दोलखाका २, गोर्खाका १, काभ्रेका १, मकवानपुरका १,पाल्पाका १,रामेछापका १,रुपन्देहीका १, सिन्धुलीका १, उदयपुरका १, नवलपरासीका १,सिन्धुपाल्चोकका ४, अर्घाखाँचीका २, नुवाकोटका १,रसुवाका १, बागलुङका १,पर्वतका २, तनहुँका ३,स्याङजाका २, कास्कीका १,लमजुङका १६, दाङका २, दैलेखका ३ तथा कालिकोटका १ जनामा संक्रमण पुष्टि भएको छ ।

थप एककाे मृत्यु

कोरोना भाइरसका कारण थप एकजनाको काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको छ । म्याग्दी जिल्ला धौलागिरि नगरपालिकाको वडा नम्बर ४ का ४९ दिनका एक शिशुको असार १७ गते साँझ ४ बजे मृत्यु भएको हो । यासँगै मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter