• Tuesday, April 15, 2025

मेलम्ची खानेपानीको सुरुङमा परीक्षणका लागि पानी हालियो

मेलम्ची, असार २१ गते । मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिएको छ । आज बिहान मुख्य सुरुङमा पानी हालिएको आयोजनाले जनाएको छ ।

काठमाडौँतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो । हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङसम्म पानी हालेर परीक्षण गरिएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । मेलम्चीको मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिएको आयोजनाका कार्यकारी निर्देशक रितेशप्रसाद खत्रीको भनाइ छ ।

यसैबीच, मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पथान्तरणसँगै राष्ट्रिय गाैरवकाे याे आयोजना नयाँ चरणमा प्रवेश गरेकाे खानेपानी मन्त्रालयले जनाएकाे छ । यसबारे जानकारी दिन मन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनमा खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानीकाे उद्घाटन छिटै गरिने जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा मन्त्री मगरले मेलम्ची आयोजना सम्पन्न हुनु सरकारकाे महत्त्वपूर्ण उपलब्धी भएकाे बताउनुभयाे । दन्त्यकथाजस्तै बनेकाे मेलम्ची आयोजनाकाे निर्माण सम्पन्न भएसँगै थुप्रै प्रश्नहरू अन्त्य गरिदिएकाे बताउनुभयाे । प्राविधिक, सामाजिक चुनाैतीहरू तथा निर्माणकाे जिम्मा लिएका कम्पनीहरूले ठेक्का ताेड्ने प्रवृत्तिसँग समेत सङ्घर्ष गर्दै आयोजना सम्पन्न हुनु ऐतिहासिक उपलब्धी भएकाे बताउनुभयाे ।

सुरुङमार्ग भरिन केही दिन लाग्ने र त्यसपछि सुरुङको अन्तिम परीक्षण गरिने मन्त्रालयले जानकारी दिएकाे छ । मेलम्ची खानेपानी आयोजना विकास समितिले जारी गरेकाे विज्ञप्ति अनुसार शुरुमा परीक्षणका लागि प्राविधिक मापदण्ड अनुसार प्रतिसेकेन्ड २६० लिटरका दरले सुरुङमा पानी प्रवाह गरिँदैछ। सुरुङको सुरक्षा तथा सञ्चालनका लागि प्रचलित अन्तरर्राष्ट्रिय मापदण्ड अनुरुप पानी प्रवाह गरिने मन्त्रालयले जनाएकाे छ । पानी प्रवाह गर्दा २६ किलोमिटर सुरुङ भरिएपछि पूर्ण भरिएको सुरुङलाई केही दिन यथास्थितिमा राखिनेछ । त्यसपछि पानी भरिएकै दरमा सुरुङ खाली गरी सुरुङको अवस्थाको पूर्ण परीक्षण गरिएपछि कुनै समस्या देखिएमा आवश्यकता अनुसार तिनको समाधान गरिनेछ। त्यसपछि भने नियमित रुपमा पानी पथान्तरण गरी काठमाडौँ उपत्यकाको वितरण प्रणालीको लागि उपलब्ध हुनेछ।

पानी पथान्तरण भएसँगै मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुम लगायतका क्षेत्रहरू साथै बाग्मती नदीमा कुनैपनि बेला पानीको बहाब बढ्नसक्ने भएकाले नदी किनारमा जानुपर्दा विशेष सावधानी अपनाउन सर्वसाधारण नागरिकलाइ आयोजना विकास समितिले अनुराेध गरेकाे छ ।

झण्डै दुई दशक पहिले शुरु भएको आयोजना विभिन्न कारणले समयमा सम्पन्न हुन सकेको थिएन । यसअघि काम गरेको इटालियन कम्पनी सिएमसीले निर्माणस्थलमा धेरै काम अघि बढाएको थियो । सो कम्पनीले निर्माण नसकिँदै फर्किएपछि सरकारले बाँकी काम सक्ने गरी चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई बाँकी काम सम्पन्न गर्ने जिम्मेवारी दिएको थियो । आयोजनाले बन्दाबन्दीको कारण सामान्य अवस्थामा जसरी काम गर्न सकेको थिएन । बन्दाबन्दी हुनासाथ यहाँ कार्यरत अधिकांश नेपाली मजदूर निर्माणस्थल छाडेका थिए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter