• Tuesday, April 22, 2025

चौबीस घण्टामा १०८ नयाँ सङ्क्रमित थपिए, कुल १६ हजार ५३१

काठमाडौं, असार २५ गते । नेपालमा कोरोनाभाइरसका १०८ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एक सय आठ जना सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमित हुनेको सङ्ख्या १६ हजार ५३१ पुगेको छ । बुधबार २४ घण्टामा २५५ जना नयाँ सङ्क्रमित थपिएको थियो । पछिल्लो एक साता यता नेपालमा नयाँ थपिने विरामीको सङ्ख्या घट्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २४ घण्टामा चार हजार ५८८ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म क्वारेन्टाइनमा रहेका विरामीको सङ्ख्या २४ हजार ४२५ तथा आइसालेशनमा आठ हजार ६०५ जना विरामी रहेका छन् ।

पछिल्लो २४ घण्टामा १३९ जना कोरोना सङ्क्रमितमुक्त भएर घर फर्केका छन् । हालसम्म सात हजार ८९१ जना कोरोनामुक्त भएका छन् । नेपालमा अहिलेसम्म आठ हजार ६४० जनामा कोरोना भाइरसको सङ्क्रमण सक्रीय रहेको छ । सबै सङ्क्रमित आइसोलेशनमा छन् ।

दुई लाख ७१ हजार १४५ जनामा कोरोना सङ्क्रमण सम्बन्धी पीसीआर परीक्षण गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter