१६७ नयाँ सङ्क्रमित थपिए, कुल सङ्क्रमित १७ हजार ३४४; ११ हजार २४९ जना कोरोना मुक्त

काठमाडौँ, साउन १ गते । नेपालमा १६७ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १७ हजार ३४४ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा चार हजार ९८० जनाको कोभिड–१९ परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ । हाल २३ हजार ५०० जना क्वारेन्टाइनमा बसेका छन् । आइसोलेसनमा छ हजार ५६ जना छन् । बिहीबारसम्म तीन लाख तीन हजार ८१० जनाको आरटी पीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा

२१३ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म कुल ११ हजार २४९ जना कोरोना मुक्त भई घर फर्केका छन् । कोरोनाभाइरस सङ्क्रमण सक्रिय रहेको बिरामीको सङ्ख्या छ हजार ५६ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएको छ ।

कोरोना सङ्क्रमणबाट नेपालमा हालसम्म ३९ जनाको मृत्यु भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter