• Saturday, April 12, 2025

आन्तरिक र बाह्य उडान सुचारु गरीने, सार्वजनिक यातायातकाे जाेर विजाेर हाटाइने

काठमाडौं, साउन ५ गते । मन्त्रिपरिषदको बैठकले आन्तरिक तथा बाह्य दुवै उडान खुला गर्ने निर्णय गरेको छ । बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले साउन २१ गतेदेखि आन्तरिक हवाई उडान खोल्ने र आगामी भदौ १ गतेदेखि बाह्य उडान खोल्ने निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीकाअनुसार तत्काल विद्यालय, क्याम्पस नखोल्ने निर्णय भएको छ । अझै कोरोनाको संक्रमण र त्रास कायमै रहेकाले अवस्था सामान्य बनेपछि पठनपाठन खुला गर्ने बैठकले निर्णय गरेको छ ।

सोहीअनुसार सार्वजनिक यातायातको साधन पनि खोल्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो । अहिलेसम्म जोर दिनमा जोर नम्बरका यातायात र विजोर दिनमा विजोर नम्बरको यातायातका साधन चल्नेगरे पनि अब सबै यातायात सुचारु गर्ने विषयमा छलफल भएको मन्त्री त्रिपाठीले बताउनुभयो । पछिल्लो केही दिनदेखि परेको अविरल वर्षाका कारण देशभर आएको बाढी पहिरो र डुवानको समस्या समाधानका लागि तत्काल सबै संयन्त्र परिचालन गर्ने निर्णय बैठकले गरेको छ । प्राकृतिक विपत्तिका कारण जनधनको ठूलो क्षति भएको र थप क्षति हुन नदिनेतर्फ सबै सचेत्ता अपनाउने निर्णय बैठकले गरेको मन्त्री त्रिपाठीले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter