• Saturday, April 05, 2025

कोरोनाभाइरसका १३० नयाँ सङ्क्रमित पुष्टि, कुल १८ हजार ६१३

काठमाडौँ, साउन ११ गते । नेपालमा कोभिड–१९ का १३० नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा १३० जना नयाँ सङ्क्रमित पुष्टि भएसँगै कुल सङ्क्रमितको सङ्ख्या १८ हजार ६१३ पुगेको छ । हाल पाँच हजार ४४० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल १७ हजार ९०३ जना कोभिड–१९ का आशङ्कित क्वारेन्टिनमा छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा ७५ जना कोभिड–१९ सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोभिड–१९ मुक्त भएकाहरूको सङ्ख्या १३ हजार १२८ पुगेको छ ।

हालसम्म तीन लाख ४२ हजार ४५७ जनाको स्वाब सङ्कलन गरी आरटी पीसीआर परीक्षण गरिएको छ ।

कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ । पछिल्लो चौबीस घण्टामा नेपालमा कोभिड–१९ सङ्क्रमणबाट हुने मृत्यु दर्ता गरिएको छैन ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter