नयाँ १३९ सङ्क्रमित, ६२६ कोरोनामुक्त, कुल १८ हजार ७५२

काठमाडौं, साउन १२ गते । नेपालमा कोरोनाभाइरसका १३९ नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस १३९ नयाँ सङ्क्रमितको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा सोमबार १३९ जना नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोभिड–१९ का कुल सङ्क्रमितको संख्या १८ हजार ७५२ पुगेको जनाएको छ । नेपालमा हाल कोभिड–१९ को भाइरस सक्रिय रहेको सङ्क्रमितको संख्या चार हजार ९५० रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हाल क्वारेन्टिनमा रहेका कोरोना आशंकितको संख्या १६ हजार ३७९ जना रहेको जानकारी दिनुभयो । त्यसैगरी, आइसोलेशनमा करिब पाँच हजार जना बिरामी छन् ।

पछिल्लो चौबीस घण्टामा ६२६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । मन्त्रालयका अनुसार हालसम्म १३ हजार ७५४ जना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Sunapati Rural Municipality provided assistance

COVID-19 prohibitory measures causes huge loss for Bhaktapur Vegetable farmers

KMC to build 100-bed special hospital

Nepal’s proposal to graduate from LDC status to be presented in UNGA for endorsement

World Bank to provide US $ 60 million to strengthen Nepal’s higher education




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter