• Wednesday, April 02, 2025

बेलुका ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक

काठमाडौं, साउन १५ गते । गृहमन्त्रालयले आजैदेखि लागु हुने गरी साँझ ७.०० बजेदेखि विहान ७.०० सम्म काठमाडौमा उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गरी काठमाडौ उपत्यका प्रवेश गर्ने नाकमा यात्रुहरुको स्वाब परीक्षण गर्दा ठूलो संख्यामा कोरोना संक्रमण पाइएकाले सो रोक लगाइएको जनाएको छ ।

रातको समयमा अत्यावश्यक सेवा र ढुवानीका साधनलाई भने ओहोर दोहोर गर्न रोग लगाइएको छैन । साथै उपत्यका बाहेक अन्य जिल्लामा पनि अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी पास जारी नगर्न र अन्तरजिल्ला अावागनम पूर्णरूपमा राेक लगाउन भनेकाे छ ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter