• Saturday, April 12, 2025

नेपालमा केही दिन मनसुनी गतिविधि कम हुने

चाँदनी हमाल / काठमाडौँ, साउन १८ गते । अबको केही दिन नेपालमा मनसुनी गतिविधि कम हुने भएको छ । जसअनुसार आकाश केही खुल्दै जानेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतर्फबाट केही तल झरेको छ । जसका कारण पनि उच्च मनसुनी वर्षा कम हुनेछ । तर मनसुनको समय यथावत नै रहेकाले स्थानीय वायु र जलवाष्पको उपस्थितिका कारण देशका केही भेगमा आक्कलझुक्कल वर्षा भइ नै रहनेछ ।

एक दुई स्थानमा छोटो समयको भारी वर्षा पनि हुने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

आगामी तीन दिन देशभर सामान्य बदली कायम रहँदै बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । यस अवधिमा केही स्थानमा भारी वर्षा पनि हुने जनाइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter