• Saturday, April 12, 2025

थप २५९ जना सङ्क्रमित, कुल २१ हजार नाै पुग्याे

काठमाडौं, साउन २० गते । कोरोना भाइरसका २५९ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या २१ हजार नाै पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा नेपालमा पाँच हजार ९२५ जनामा कोरोना भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ५९४ जनाको स्वाब परीक्षण गरिएको छ । हाल दश हजार २६ जना क्वारेन्टिनमा छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो चौबीस घण्टामा ६५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यो सँगै हालसम्म १५ हजार २६ जना सङ्क्रमित कोरोना मुक्त भइसकेका छन् । कोरोना सङ्क्रमणबाट ५८ जनाको मृत्यु भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter