• Wednesday, April 23, 2025

उपत्यकामा ८७ सहित थप ३६० सङ्क्रमित, कुल सङ्क्रमित २१ हजार ७५०

काठमाडौँ, साउन २२ गते । कोरोना भाइरसका ३६० जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २१ हजार ७५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे दैनिक प्रेस ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ६२२ जनाको स्वाब परीक्षण गरिएको छ । हाल नाै हजार ४७० जना क्वारेन्टिनमा छन् ।

सक्रिय सङ्क्रमित सङ्ख्या छ हजार २९६ रहेका छन् । सङ्क्रमित भएर मृत्यु हुनेको सङ्ख्या ६५ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा २३३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै हालसम्म १५ हजार ३८९ जना सङ्क्रमित कोरोनामुक्त भइसकेका छन् ।

काठमाडाैँ उपत्यकामा ८६ जना सङ्क्रमित भएका छन् । काठमाडाैँमा मात्रै ८१ जना र ललितपुरमा चार र भक्तपुरमा एक जना रहेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter