• Wednesday, April 23, 2025

गृहमन्त्री थापाको अपिल : कोरोना नियन्त्रणका लागि सुरक्षा नियमहरू पालना गर्न सर्वसाधारणलाई अनुरोध

काठमाडौँ, साउन ३२ गते । गृहमन्त्री रामबहादुर थापाले कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियमहरू पालन गर्न सर्वसाधारणलाई अपिल गरेका छन् ।

उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीको सबै नियम पालना गर्न अपिल गरेका हुन् ।

सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने भन्दै सबै नागरिकले सचेतना अपनाउन आवश्यक रहेको बताए ।

आइतबार उनले सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरू पालना गरेमा संक्रमणलाई नियन्त्रण गर्न सकिने बताए ।

उनले भने, ‘कोरोनाको सन्दर्भमा नागरिकले पनि बन्दाबन्दीका नियमलाई पालन गर्दिनुहुन म अनुरोध गर्न चाहन्छु । किनभने सरकारले मात्रै गरेर कोरोनाको रोकथाम गर्न सकिन्न नागरिकको सहभागिता र उनीहरूको सचेतताले मात्रै कोरोनाको संक्रमणलाई हामीले रोक्न सक्छौँ । म सबै आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई कोरोनाको संक्रमणको अवस्थामा सुरक्षाका नियमलाई पालन गरिदिनुहुन अनुरोध गर्दछु ।’

कोरोना रोकथाम तथा नियन्त्रणका लागि देशका कतिपय क्षेत्रमा पूर्ण र केही स्थानमा आंशिक प्रकारको लकडाउन लागू भए पनि फेरि संक्रमण बढिरहेको छ । सरकारले केही कडाइ गरी नियन्त्रणको प्रयास गरिरहेको गृहमन्त्री थापाले दाबी गरे ।

पुनः बन्दाबन्दी गरेर समस्याको हल नहुने भएकोले सबै क्षेत्रलाई क्रमशः मापदण्ड अपनाएर खोल्न दिने नीति लिइएको प्रस्ट पारे ।

लकडाउनका कारण आर्थिक समस्या देखिन थालेपछि सरकारले कोरोना र आर्थिक संकटको अवस्थालाई तालमेल गरी अगाडि बढ्ने नीति लिएको उनले बताए ।

उनले भने, ‘कोरोना र आर्थिक संकट दुवैलाई हामीले समाधान गर्नुपर्ने भएको हुनाले यसमा तालमेल मिलाएर हामीले गरिराखेका छौँ र स्वास्थ्यका मापदण्डहरू अपनाएर उद्योग व्यवसायहरू पनि हामीले सञ्चालन गर्नुपर्नेछ । अरू सुरक्षाका मापदण्ड अपनाएर बन्दाबन्दीलाई पनि निरन्तरता दिनुपर्नेछ । यी दुईवटै कुरालाई हामीले अगाडि बढाइराखेका छौँ ।’

सरकारले देशभित्र प्रवेश गर्ने १० वटा नाका तोके पनि अझै पनि लुकिछिपी आउने काम भइराखेको र त्यसको नियन्त्रणका लागि गृह मन्त्रालयले अधिकतम प्रयास गरेको बताए ।

अहिले पनि खुला नाकाहरू नियन्त्रणका लागि एक हजार दुई सयभन्दा बढी बोर्डर आउटपोस्ट (बिओपी) स्थापना गरिएको गृहमन्त्री थापाले बताए ।

उनले भने, ‘अब हामीले यो खुला नाकाहरूलाई नियन्त्रण गर्नको निमित्त अहिले १२ सयभन्दा बढी बोर्डर आउटपोस्ट स्थापना गरिएको छ । त्यसले धेरै हदसम्म नियन्त्रण गरेको छ । त्यही पनि लुकिछिपी आउने केही मात्रामा भइराखेको छ । यसलाई पूर्ण बन्द गर्ने हाम्रो प्रयास जारी छ । हिजोको जुन अवस्था थियो त्योचाहिँ अहिले छैन ।’

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter