• Saturday, April 12, 2025

मेलम्चीमा गेट फ्रेम परिवर्तन गर्न अध्ययन

लक्ष्मण दर्नाल / काठमाडौँ, भदौ ४ गते । मेलम्ची खानेपानी आयोजनाको सुरुङ प्रवेशद्वार (गेट)को फ्रेम परिवर्तन गर्न भारतीय कम्पनीका इन्जिनियरहरूले स्थलगत अध्ययन गरेका छन् । पीआईएल कम्पनी अमहदाबादका दुई समूहले मेलम्ची प्रवेशद्वार भत्किएको सुरुङ स्थल अध्ययन गरी पुनः जडान गर्नुपर्ने बताएका छन् । कम्पनीले गेटको फ्रेम अर्को बनाउने भएको छ ।

खानेपानी मन्त्रालयका अनुसार पीआईएल कम्पनीले मेलम्ची अध्ययन गरेपछि गेटको फ्रेम परिवर्तन गर्न सहमत भएको हो । चारवटा गेटका फ्रेम परिवर्तन गर्नुपर्ने भएको छ । ती फ्रेम कम्पनीले भारतमा निर्माण गरिरहेको मन्त्रालयका प्रवक्ता रितेश शाक्यले
जानकारी दिनुभयो ।

उहाँका अनुसार कम्पनीका सिनियर डिजाइनरहरू आएर मेलम्ची भिजिट गरे, एउटा समूह फर्किसक्यो, भित्रबाट खुल्ने गरी डिजाइन भएको गेट बाहिरबाट खुल्ने गरी जडान गरेपछि दुर्घटना भयो, अब अर्को डिजाइनसहितका फ्रेम आउने छन् ।

उहाँका अनुसार फ्रेम छिट्टै ल्याउने गरी काम भएको छ । हाल जडान भएका फ्रेम यथावत नै राखी त्योभन्दा अलिकति भित्री भागमा नयाँ फ्रेम जडान गरिने छ । सुन्दरीजलको गेटको फ्रेम पनि
परिवर्तन गरिने छ । भित्रबाट खुल्ने गेटहरुको डिजाइनलाई बाहिरबाट खुल्ने गरी जडान गरिएपछि गत असार ३० गते अकस्मात् गेट खुलेर दुर्घटना भएको थियो ।

पानी पथान्तरणको नियमित परीक्षणका लागि सुरुङमा गएका इ(िन्जनियरसहितको गाडीलाई अकस्मात् गेट खुलेर बगाएको थियो । दुर्घटनामा इन्जिनियर सतिश गोइतको मृत्यु भएको थियो । चालक राधाकृष्ण थापा अझै बेपत्ता हुनुहुन्छ । शेखरचन्द्र खनाल र पेम्बादोर्जे लामा घाइते हुनुभएको थियो । दुर्घटनापछि खानेपानी मन्त्रालयले अध्ययन समिति बनाएर घटनाको अध्ययन गरेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter