विष्रेषण भुक्तानी दिने व्यवस्था गर: राष्ट्र बैङ्क

काठमाडौँ, भदौ ५ गते । नेपाल राष्ट्र बैङ्कले निषेधाज्ञा जारी भएको अवस्थामा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले पठाएको विप्रेषण सहज रुपमा झिक्न पाउने व्यवस्था मिलाउन विप्रेषण सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । केन्द्रीय बैङ्कले आज विप्रेषण कम्पनीलाई निर्देशन जारी गर्दै वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा रहेका नेपाली नागरिकले पठाउने पैसा सहज रुपमा झिक्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैङ्कले बैदेशिक रोजगारीमा गएका नेपालीले परिवारका लागि पठाएको पैसा भुक्तानीका लागि विप्रेषण सेवा प्रदायकको काउन्टर खोल्न पनि निर्देशन दिएको छ । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा कोरोना संक्रमणको जोखिम बढेर गएपछि बिहिबारदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी रहेको समयमा सहज रुपमा विप्रेषण पाउन् भन्ने ध्येयका साथ काउन्टर खोल्न निर्देशन दिइएको विज्ञप्तिमा जनाइएको छ ।

विदेशमा कार्यरत नेपालीले पठाएको पैसा यहाँका आफन्तले भुक्तानी नपाउदा घरव्यवहार चलाउन समस्या पर्ने भएकाले स्थानीय प्रशासनसँगको सहमतिमा वा निषेधाज्ञा लगायतका आदेशको पूर्ण रुपमा परिपालना हुने गरी आदेश अवधिभर विप्रेषण सम्बन्धी वित्तीय सेवा प्रवाह गर्न बैङ्कले आग्रह गरेको छ । त्यस्ता काउन्टर खोल्दा स्वास्थ्य सुरक्षासँग जोडिएका सबै उपाय अवलम्बन गर्न समेत भनेको छ ।

स्थानीय प्रशासनसँग समन्वय गरेर आलोपालो मिलाई सकेसम्म कम भन्दा कम कर्मचारीको उपस्थितीमा विप्रेषण भुक्तानीको व्यवस्था गर्न जारी निर्देशनमा भनिएको छ । यस्तै बैङ्क तथा वित्तीय संस्थासँग समन्वय गरी विप्रेषण फण्ड ट्रान्सफर तथा विदेशी मुद्रा सटही गर्न समेत केन्द्रीय बैङ्कले सबैलाई आग्रह गरेको छ । कारोबारलाई सकेसम्म विद्युतीय गर्न र स्वास्थ्य समबन्धी मापदण्डको पूर्ण परिपालना गर्न भनिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter