एक वर्षभित्र ‘सडक बालबालिकामुक्त’ बनाउँछौँ : मन्त्री गुरुङ

काठमाडौँ, भदौ ९ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारले एक वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त घोषणा गर्ने तयारी गरिरहेको बताएका छन् । उनले सरकारले यही वर्ष सडक बालबालिकामुक्त घोषणा गर्ने तयारी गरे पनि कोभिड– १९ का कारण पुनः ठूलो संख्यामा बालबालिकाहरू सडकमा देखिने जोखिम रहेको बताए ।

मंगलबार कोभिड– १९ का कारण बालबालिकामाथि परेको प्रभावसम्बन्धी दक्षिण एसियाली राष्ट्रहरूको सहकार्य विषयक वेभिनारमा बोल्दै मन्त्री गुरुङले भने, ‘यही वर्षभित्र घोषणा गर्ने तयारी थियो, तर बाढीपहिरो र कोरोनाका कारण धेरै बालबालिका सडकमा देखिने अवस्था सिर्जना भएको छ, त्यसैले तिनलाई पनि व्यवस्थित गर्दै आगामी वर्षभित्र सडक बालबालिकामुक्त घोषणा गर्ने तयारी भइरहेको छ ।’

मन्त्री गुरुङले नेपालमा दशवर्षे जनयुद्ध, भूकम्प, विभिन्न महामारी, बाढीपहिरो र खडेरीका कारण बालबालिकाहरू सबैभन्दा बढी प्रभावित भएको र सडकमा आइपुगेको बताए । ‘अहिले कोभिडले पनि बालबालिकाहरूमाथि ठूलो प्रभाव पारेको छ, यस्तो संकटका वेला उनीहरूको संरक्षण, स्वास्थ्य, शिक्षासहितका अधिकारको सुनिश्चितता गर्नुपर्ने अवस्था छ,’ उनले भने ।

मन्त्री गुरुङले सरकारले बालबालिकाका समस्या सम्बोधन गर्दै समाधान गर्नका लागि दशवर्षे रणनीतिक योजना बनाएर बाल अधिकार प्रवर्द्धन र संरक्षणको प्रयास गरिरहेको बताए । ‘दशवर्षे कार्ययोजना मन्त्रिपरिषदमा पुगेको छ, अन्य नियमावली र कार्यविधिहरू पनि समयानुकूल परिवर्तन गर्दै अघि बढेका छौँ,’ मन्त्री गुरुङले भने, ‘बालबालिकाका नाममा भएका विकृति अन्त्य गर्न सरकार जस्तोसुकै कदम चाल्न पनि तयार छ ।’ उनले नेपाल बाल संगठनलाई पुनर्गठन गर्ने तयारी गरेको बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter