विदेश अध्ययनका लागि एनओसी खुला गर्ने निर्णय

काठमाडौँ, भदौ १० गते । कोरोनाको जोखिम बढेका कारण रोकिएको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) वितरण हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एनओसी खुला गर्ने निर्णय गरेको हो ।

कतिपय विद्यार्थी विदेश अध्ययनको प्रक्रियामा रहे पनि शिक्षा मन्त्रालयबाट एनओसी नपाउँदा रकम पठाउन र अध्ययनको प्रक्रिया रोकिएको थियो । मन्त्रिपरिषद्को निर्णयले विद्यार्थीलाई एनओसी पाउने बाटो खुलेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीले बताए ।

मन्त्रिपरिषद् बैठकले शिक्षा सेवा आयोगको रिक्त अध्यक्ष र सदस्यको नियुक्तिका लागि लोकसेवा आयोगको अध्यक्षको नेतृत्वमा सर्च कमिटीसमेत गठन गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter