• Saturday, April 05, 2025

महेन्द्र श्रेष्ठ कोभिड १९ फोकल पर्सन; कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणमा हुन सक्ने सहयोगका विषयमा छलफल

काठमाडौँ, भदौ ११ गते । माननीय स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मिति २०७७/०५/११ गते मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका बाह्राैँ तहका कर्मचारी महेन्द्र श्रेष्ठलाई कोभिड १९ फोकल पर्सन तोक्नु भएको छ ।

श्रेष्ठले यस अघि स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी बहन गरिसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणमा नेपाल स्काउट र उच्च माध्यामिक विद्यालय संघ (हिसान)का तर्फबाट हुन सक्ने सहयोगका विषयमा बिहीबार मन्त्रालयमा छलफल गर्नुभएको छ ।

मन्त्री ढकाललले नेपाल स्काउटका अध्यक्ष लोकबहादुर भण्डारी र संघका अध्यक्ष रमेश सिलवालसँग कोरोना रोकथाम र नियन्त्रणमा खेल्ने सक्ने भूमिकाका बारेमा छलफल गर्नुभएको हो । महामारीमा सबैको समन्वयमा काम गरेमात्र प्रभावकारी परिणाम निस्कने भन्दै मन्त्री ढकालले अावश्यक सहयोगका लागि तयार रहन अनुरोध गर्नुभयो ।

छलफलमा महामारीको यस समयमा कलेजका भवन, होस्टल, बसलगायतका स्रोतको सदुपयोग सरकारले गर्ने बारेमा सकारात्मक कुराकानी भएको छ । छलफलमा हिसानका अध्यक्ष रमेश सिलवाल र स्काउटका अध्यक्ष भण्डारी दुबैले कोरोना महामारीको यो समयमा सरकारले लिने कुनै पनि कदममा साथ दिन तयार रहेको जानकारी दिनुभयो ।

उहाँहरूले मन्त्रालयले गर्ने प्रस्तावमा मिलेर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter