• Wednesday, April 02, 2025

बेसीसहर–चामे सडकलाई राष्ट्रकवि मार्ग नामकरण गर्न माग

लमजुङ, भदौ १४ गते । राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेको १३औँ दिनको पुण्यतिथिमा आइतबार आयोजित श्रद्धाञ्जली सभामा सहभागीले बेसीसहर–चामे सडकको नाम राष्ट्रकवि मार्ग राख्न माग गरेका छन् ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका– ६ पुस्तुनमा जन्मिएका घिमिरेको नामबाट सडकको नाम राख्न सके उनको योगदान र जन्मथलोप्रति सम्मान हुने पुस्तुन बाहुँनडाँडा घिमिरे समाजका अध्यक्ष प्रेमनाथ घिमिरेले बताए ।

मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले मनाङ–लमजुङका जनप्रतिनिधि र सरोकारवाला निकायसँग छलफल गरी बेसीसहर–चामे सडकको नाम राष्ट्रकवि मार्ग राख्न पहल गर्ने बताए । ७ असोज १९७६ मा जन्मिएका घिमिरेको २ भदौमा लैनचौरस्थित आफ्नै निवासमा एक सय एक वर्षको उमेरमा निधन भएको थियो । राष्ट्रकवि घिमिरेको नवमञ्जरी, गौरी (शोककाव्य), मालतीमंगले, (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध)लगायतका कृति चर्चित छन् ।

घिमिरेले २०५४ मा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ मा पद्मश्री साधना सम्मान पाएका थिए । घिमिरेलाई ८५ वर्षको उमेरमा राष्ट्रकविको उपाधि प्रदान गरिएको थियो भने ०७४ मा नेपाली सेनाको मानार्थ सहायक रथीको पदवी प्रदान गरिएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter