• Wednesday, June 11, 2025

थप ८९९ सङ्क्रमितसहित कुल ३९ हजार ४६० पुग्याे; काठमाडौँ उपत्यकाका २९८ जनामा सङ्क्रमण

काठमाडौँ, भदौ १५ गते । नेपालमा ८९९ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप ३०३ महिला र ५९६ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार १२९ जनाको आरटी पीसीआर परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३९ हजार ४६० पुगेको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा ५८८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५४ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २१ हजार ४१० पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू सात हजार ३३७ रहेका छन् ।

काठमाडौँ उपत्यकाका २९८ जनामा कोरोना सङ्क्रमणको पुष्टि

काठमाडाैँ उपत्यकामा कोभिड–१९ का २९८ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा कोरोनाभाइरसका २९८ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा काठमाडाैँमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ ज्ना सङ्क्रमित थपिएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ८९९जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा ५८८ जना निको भएर घर फर्केका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter