• Wednesday, June 11, 2025

नौ सय ३६ सङ्क्रमित थपिए, एक हजार ९९६ सङ्क्रमित निको भए

काठमाडौं, मंसिर ३० गते । नेपालमा कोरोना भाइरसका ९३६ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ९९६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरणमा उल्लेख गरिएकाे छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना भाइरसका कुल सङ्क्रमित दुई लाख ५० हजार १८० पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा सात हजार ११७ जनाकाे आरटीपीसीआर परीक्षण गरिएको छ । मन्त्रालयले हालसम्म १८ लाख ४३ हजार ५८१ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।

एक हजार ९९६ जना निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ३८ हजार ५६९ जना सङ्क्रमित निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल नौ हजार ८८१ जनामा मात्रै भाइरसको सङ्क्रमण सक्रिय छ । नेपालमा निकाे हुने दर बढिरहेकाे छ । अहिले नेपालमा निकाे हुने दर ९५.३६ प्रतिशत छ ।

नेपालमा अहिले ४५७ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो चौबीस घण्टामा १४ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । उक्त मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार ७३० पुगेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter