• Friday, May 23, 2025

संसद विघटनसम्बन्धी मुद्दालाई संवैधानिक इजलासमा; दाहाल – माधव समूहको संसदीय दलको नेतामा प्रचण्ड

काठमाडौं, पुस ८ गते । संसद विघटनसम्बन्धी मुद्दालाई संवैधानिक इजलासमा पठाउने आदेश भएको छ ।सर्वोच्च अदालतमा आज भएको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबराको एकल इजलसबाट सो आदेश भएको सर्वोच्च अदालत स्रोतले बतायो । प्रवक्ता भद्रकाली पोखरेलले भने आदेश तयार हुने क्रममा रहेकोले त्यसमा दस्तखत नभइ यसै भन्न नसकिने बताउनुभयो ।

सर्वौच्च अदालतमा सो विषयलाइ लिएर विभिन्न १२ वटा मुद्दा परेको थियो ।

दाहाल – माधव समूहको संसदीय दलको नेतामा प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (दाहाल माधव समूह) संसदीय दलको नेतामा पुष्पकमल दाहाल चयन भएका छन्। बुधबार संसद भवन बानेश्वरमा बसेको बैठकले दाहाललाई संसदीय दलको नेतामा चयन गरेको हो।

अर्का अध्यक्ष माधव कुमार नेपालले दाहाललाई संसदीय दलको नेतामा प्रस्ताव गरेका थिए। नेपालको प्रस्तावलाई सर्वसम्मत पारित गरिएको हो।

यस अघि मंगलबार बसेको उक्त समूहको केन्द्रीय कमिटीको बैठकले केपी ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको थियो। बैठकले माधव नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको थियो।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter