• Wednesday, May 21, 2025

शिशिर ऋतुमा हिमाल आरोहणका लागि तीन आरोहण समूहले अनुमति लिए

काठमाडौँ, पुस १० गते । शिशिर ऋतुमा हिमाल आरोहणका लागि तीन आरोहण समूहले अनुमति लिएका छन् । शुक्रबारसम्म विभिन्न तीन हिमाल आरोहणका लागि आरोहण अनुमति जारी गरिएको पर्यटन विभागले जनाएको छ ।

विभागको पर्वतारोहण शाखाका अनुसार शिशिर ऋतुका लागि अमादब्लम (६,८१४ मिटर), लुजा पिक (५७२६ मिटर) र काङ्गेरी–२ (६५०६ मिटर) चढ्न आरोहण अनुमति जारी भएको छ ।

अमादब्लम हिमाल आरोहणका लागि चार, लुजा पिक चढ्न तीन र काङ्गेरी आरोहणका लागि एकजनाले आरोहण अनुमति लिएका हुन् । तीनवटै हिमालबाट रु ९३ हजार २९० रोयल्टी जम्मा भएको छ । सन् २०१९ को शिशिर ऋतुमा आठ आरोही समूहका ३६ जना अरोही (पुरुष मात्र) सदस्य थिए । उनीहरुबाट रु २१ लाख २५ हजार रोयल्टी उठेको थियो । यो वर्ष जाडो याम भर्खरै शुरु भएकाले साना हिमाल र पिक आरोहणमा आरोही बढ्नसक्ने विभागको भनाइ छ ।

कोभिड–१९ महामारीबीच सरकारले गत कात्तिकदेखि पर्वतारोहण र पदयात्रा खुल्ला गरेको थियो । यस वर्षको शरद ऋतुमा विभिन्न हिमाल आरोहणका लागि १२ आरोही समूहका नौ महिला र ६८ पुरुषसहित आरोही सदस्य थिए । शरद ऋतुमा रु ४० लाख ६३ हजार रोयल्टी जम्मा भएको थियो । सन् २०१९ को शरद ऋतुमा १६४ आरोही समूहका २५७ महिला र ९५३ पुरुष गरी एक हजार २०० आरोही सदस्य थिए । उक्त याममा रु पाँच करोड ५७ लाख ८३ हजार रोयल्टी उठेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter