पाँच हजार ११० परीक्षणमा पाँच सय ११ जना सङ्क्रमित थपिए
काठमाडौं, पुस १५ गते । नेपालमा कोरोना भाइरसका पाँच सय ११ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ६० हजार ५९ पुगेको छ । हालसम्म १९ लाख २६ हजार ४७७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार ११० आरटीपीसीआर परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार हाल छ हजार तीनसय जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
पछिल्लो चौबीस घण्टामा छसय जना सङ्क्रमित निको भएका छन् । निको भएकाहरुको संख्या दुईलाख ५१ हजार ९१२ पुगेको छ । नेपालमा कोरोना संक्रमित हुने दर ९६.९ प्रतिशत छ ।
पछिल्लो चौबीस घण्टामा सात जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८४७ जनाको मृत्यु दर्ता गरिएको छ । हाल छ हजार तीन सय जना आइसोलेशनमा र तीन सय ६२ जना क्वारेन्टिनमा छन् ।
काठमाडौं उपत्यकामा ३१२ जना कोरोना भाइरसका सङ्क्रमित थपिए
काठमाडौं उपत्यकामा तीनसय १२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । देशभर काेराेना भाइरसका पाँचसय ११ जना सङ्क्रमित थपिएकाेमा यहाँ मात्र याे संख्यामा सङ्क्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार ११० आरटीपीसीआर परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमणको पुष्टि भएको हो ।
काठमाडौं जिल्लामा २२५, लतिपुरमा ४९ र भक्तपुरमा ३८ जनालाई कोरोना पोजेटिभ देखिएको हाे ।