• Saturday, May 03, 2025

प्रथम नौलिन स्पोर्टस भिल्ला टेनिसको उपाधी महत र श्रेष्ठको जोडीलाई

काठमाडौं, पुस १६ गते । २०२० फन डबल्स लन टेनिस प्रतियोगितामाको उपाधी शैलेस महत र सन्दिप श्रेष्ठको जोडीले जितेको छ । नौलिन स्पोर्ट भिल्लाले काठमाण्डौ सुन्दरबस्ती स्थित आफ्नै कोर्टमा आयोजना गरेको प्रतियोगिताको उपाधी शैलेस महत र सन्दिप श्रेष्ठको जोडीले जितेको हो ।

महत र श्रेष्ठको जोडीले सुमित मैनाली र अल्ताफ रेहमदको जोडीलाई ६–४ र ६–२ को सोझो सेटमा परास्त गर्दै प्रतियोगिताको उपाधी कब्जा गरेका हुन् । जितसँगै महत र श्रेष्ठकोे जोडीले गोल्डेन ट्रफी प्राप्त गरेका छन् भने मैनाली र रेहमदको जोडीले सिल्भर ट्रफीमा चित्त बुझाएका छन् ।

मैनाली र रेहमदको जोडीले सेमिफईनलमा प्रतापजङ्ग पाण्डे र बिज्ञान शेर्पाको जोडीलाई हराउँदै फाईनल प्रवेश गरेको थियो । मैनाली र रेहमदको जोडीले पाण्डे र शेर्पाको जोडीलाई ७–५ र ६–४ को सोझो सेटमा पराजित गरेको थियो ।

यस्तै उपाधी बिजेता महत र श्रेष्ठकोे टिमले दुर्गा केसी र विपिन श्रेष्ठको जोडीलाई हराउँदै फाईनल प्रवेश गरेको थियो । सेमिफईनलमा महत र श्रेष्ठकोे टिमले दुर्गा केसी र विपिन श्रेष्ठको जोडीलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरेको थियो ।

कुल २२ टिमहरुको सहभागिता रहेको प्रतियोगितामा १४ बर्ष माथिका एम्याच्वेर खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रारम्भिक चरणका खेलहरुमा एक सेट मात्र खेलाईएको प्रतियोगिताको सेमिफाईनल र फाईनल भने बेस्ट अफ ३ को आधारमा खेलाईएको थियो ।

नौलिन स्पोर्ट भिल्लाले बर्षको सुखद अन्य गर्न र आपसी मेलमिलाप र भाईचाराको सम्वन्ध विस्तारका लागी प्रतियोगिता आयोजना गरेको बताएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter