• Saturday, May 03, 2025

छ हजार परीक्षणमा पाँच सय ३४ सङ्क्रमित थपिए

काठमाडौं, पुस १६ गते । नेपालमा कोरोना भाइरसका पाँच सय ३४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ६० हजार ५९३ पुगेको छ । हालसम्म १९ लाख ३२ हजार ४७७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा छ हजार आरटीपीसीआर परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार हाल छ हजार तीनसय ७८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो चौबीस घण्टामा चारसय ४७ जना सङ्क्रमित निको भएका छन् । निको भएकाहरुको संख्या दुईलाख ५२ हजार ३५९ पुगेको छ । नेपालमा कोरोना संक्रमित हुने दर ९६.८४ प्रतिशत छ ।

पछिल्लो चौबीस घण्टामा नाै जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८५६ जनाको मृत्यु दर्ता गरिएको छ । हाल छ हजार तीनसय ७८ जना आइसोलेशनमा र तीन सय ६२ जना क्वारेन्टिनमा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter