• Thursday, May 22, 2025

अनुमति दिन तयार छौँः विभाग, सरकारले सहजीकरण गरे खोप ल्याउछौँः व्यवसायी

केशवराज पौडेल / काठमाडौं, पुस २७ गते । कोरोनाविरुद्धको खोप ल्याउन निजीक्षेत्रले चाहे औषधि व्यवस्था विभाग अनुमति दिन तयारी अवस्थामा रहेको बताएको छ । खोप ल्याउन निजी कम्पनीहरुले माग गरेमा विभाग तयारी अवस्थामा रहेको जनाएको छ । औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ मा महामारीका रूपमा फैलिएको संक्रामक रोगको रोकथाम, नियन्त्रण वा निर्मूल गर्न विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका वा आपतकालीन प्रयोगको अनुमति प्रदान गरेका औषधि वा खोपलाई नेपालमा औषधि व्यवस्था विभागले दर्ता गर्ने व्यवस्था गरे पनि नेपालमा निजीक्षेत्रबाट खोप ल्याउनेबारे कसैले माग गरेका छैनन् ।

अहिलेसम्म कुनै पनि निजीक्षेत्रको कम्पनीले कोरोनाको भ्याक्सिन नेपालमा आयात गर्न पाउँ भनेर निवेदन दिएको छैन । आइतबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा सम्बोधन गर्ने क्रममा नेपालले छिट्टै कोरोनाविरुद्धको खोप ल्याउने बताउनुभएको थियो । सरकारले कोभ्याक्समार्फत आउने भ्याक्सिन ढिलो आए निजीक्षेत्रले समेत भ्याक्सिन ल्याउन सक्ने बताए पनि हालसम्म निजीक्षेत्रबाट कसैले पनि अनुमति नमागेको जनाएको हो ।

विभागका वरिष्ठ औषधि व्यवस्थापक एवं प्रवक्ता सन्तोष केसीले आफूहरु तयारी अवस्थामा रहे पनि आयातकर्ताले भ्याक्सिन प्रयोग अनुमतिका लागि निवेदन नदिएको बताउनुभयो । सरकारलेनै ल्याउने कुरा भैरहेकाले आयातकर्ताहरुले माग नगरेको हुन सक्ने उहाँ बताउनुहुन्छ । निजीक्षेत्रवाट भ्याक्सिन ल्याउनको लागि सम्बन्धित देशले मास प्रयोगका लागि उपलब्ध गराएको अनुमति पत्र, भ्याक्सिन उत्पादन कम्पनीको आधिकारिक बिक्रेता खुलाउने सम्झौतापत्र, सम्बन्धित देशले दिएको उत्पादन अनुज्ञापत्र, सीओपीपीलगायतका कागजपत्र पेश गरेमा अनुमति दिन सकिने विभागले जनाएको छ ।

उता, नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले सरकारले निजी क्षेत्रसँग कोरोनाको खोप ल्याउने बिषयमा कुनै पनि छलफल नगरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘कोभिडको समयमा हामीले देशभरीनै फ्रन्ट लाइनमा बसेर औषधिको अभाव हुन दिएनौ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘सरकारले सहजीकरण गर्याे भने हामी कोभिडको खोप ल्याउन तयार छौ ।’

उहाँले निजी क्षेत्रलाई सरकारले खोप ल्याउन आब्हान ग¥र्याे भने हामीले खोप ल्याउन तयार रहेको स्पष्ट पार्नुभयो । हामीले सरकारलेनै कुटनितीक पहल गरिरहेकाले खोप समयमै आओस् भनेर स्वागत गरेको उहाँले भन्नुभयो । श्रेष्ठले भन्नुभयो,‘ सरकारले आब्हान गर्छ र खोप ल्याउन सहजिकरण गर्छ भने हामी खोप ल्याउन तयार छौ ।’

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter