पाँच हजार ३०९ परीक्षणमा ४८८ मा सङ्क्रमणको पुष्टि

काठमाडौं, पुस २७ गते । नेपालमा कोरोनाभाइरसका ४८८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ५२७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६५ ह्जार २६८ जना भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल चार हजार ३७३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा ५२७ जना कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ५८ हजार ९६८ जना सङ्क्रमित निको भएका छन् ।

मन्त्रालयले हालसम्म १९ लाख ८७ हजार ५५५ जनाको आरटीपीसीआर परीक्षण गरिएको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा दश जना सङ्क्रमितको मृत्यु भएको छ । उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ९२७ पुगेको छ ।

हाल २३७ जना क्वारेन्टिनमा र चार हजार ३७३ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter