• Thursday, May 01, 2025

लयमा फर्कने प्रयत्नमा शैक्षिक क्षेत्र

शेषकान्त पण्डित / काठमाडौँ, पुस २८ गते । कोरोना महामारी कम हुँदै गए पनि शिक्षा क्षेत्रका कतिपय समस्याले अझै निकास पाउन सकेको छैन । ८० लाखभन्दा बढी बालबालिका अध्ययन गर्ने विद्यालय तहका विद्यालय खोल्ने कि नखोल्ने, शैक्षिक सत्र कहिले सुरु र अन्त्य गर्ने तथा कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाउने कि पुरानो भन्ने विषयले शिक्षा क्षेत्र लामो समयदेखि तरङ्गित छ । तुलनात्मक रूपमा उच्च शिक्षाका शैक्षिक गतिविधि भने चलायमान हुँदै पुरानै लयमा फर्कन थालेका छन् ।

विद्यालय खोल्ने वा नखोल्ने ?

कोरोना भाइरसपछि गत चैत महिनादखि नेपालका विद्यालय सञ्चालनमा आउन सकेका छैनन् । यस विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघि विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यढाँचा सार्वजनिक गर्दै स्थानीय तहसँगको समन्वयमा विद्यालय सञ्चालनको अधिकार दिनुका साथै सङ्क्रमण बढेको अवस्थामा बन्द गर्ने अधिकारसमेत स्थानीय तहलाई नै दिइसकेको भए पनि केही स्थानबाहेक विद्यालय सहज तवरले खुलेका छैनन् ।

यो अवस्थामा सरकारले फेरि विद्यालय खोल्ने, नखोल्ने र त्यस विषयमा निर्णय गर्ने या नगर्ने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीहरूले स्पष्ट भन्न सकेका छैनन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल
(एन प्याब्सन)का अध्यक्ष ऋतु सापकोटा मङ्सिरबाट काठमाडौँ उपत्यकाबाहिरका धेरै विद्यालय सञ्चालनमा आएको बताउनुभयो । काठमाडौँ उपत्यकामै बरु समस्या भएको उहाँको भनाइ छ ।

काठमाडौँ महानगरपालिकाले भौतिक रूपमा विद्यालय सञ्चालन गर्न अनुमति दिएको छैन । माघको पहिलो साताबाट विद्यालय सञ्चालनमा ल्याउने तयारी महानगरको छ । ललितपुर महानगरपालिकाले सञ्चालन गर्न अनुमति दिएको छ । अन्य नगरपालिकाले विद्यालय खोल्ने अनुमति दिए पनि चिसो तथा कोरोना जोखिमका कारण सञ्चालनमा आउन नसकेको पाइएको छ ।

शैक्षिक सत्र कहिले सक्ने ?

विद्यालय खोल्ने, नखोल्ने समस्याका साथै विद्यालय तहको शैक्षिक सत्र कहिलेसम्म लैजाने भन्नेमा समेत स्पष्ट निर्णय हुन सकेको छैन । यसअघिका वर्षमा चैतमा शैक्षिक सत्र सकिनुका साथै वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने गरिएको थियो तर यस पटक मङ्सिर महिनाबाट मात्रै विद्यालय तहको अनलाइन तथा भौतिक कक्षासमेत सञ्चालन भएकाले चैतमा शैक्षिक सत्र सकिने सम्भावना नरहेको जनाइएको छ ।

यसो गर्दा विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चित हुन नसक्ने भएकाले शैक्षिक सत्र केही लम्बिने स्पष्ट सङ्केत देखिए पनि सरकारले औपचारिक निर्णय गरेको छैन । राष्ट्रिय परीक्षा बोर्डले एसईई जेठमा गर्ने गरी तयारी गरेको जानकारी दिएबाट शैक्षिक सत्र केही पर सर्ने आकलन गरिए पनि सरकारले त्यसमा स्पष्ट निर्णय गर्न सकेको छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले छिट्टै नै यस विषयमा निर्णय हुने सम्भावना रहेको बताउनुभयो । मन्त्रालयले शैक्षिक सत्रको विषयमा सरोकारवालासित छलफल गरिरहेको जनाइएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter