• Tuesday, April 22, 2025

नयाँ सङ्क्रमित ३२२ जना थपिए, ३७४ जना सङ्क्रमित निको; कोरोना भाइरसको नयाँ प्रजातिको नेपालमा पुष्टि

काठमाडौं, माघ ५ गते । नेपालमा कोरोना भाइरसका ३२२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ३७४ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ६१ हजार ८१८ जना सङ्क्रमित निको भइसकेका छन् ।

हाल तीनहजार ८६१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट दुई लाख ६७ हजार ६४४ जना सङ्क्रमित भएका छन् ।

पछिल्लो चौबीस घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म एक हजार ९६५ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । हाल तीन हजार ८६१ जना आइसोलेशनमा र २२१ जना क्वारेन्टिनमा छन् ।

कोरोना भाइरसको नयाँ प्रजातिको नेपालमा पुष्टि

केही दिनअघि बेलायताबाट फर्किएका तीन जनामा नयाँ प्रजातिको भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दैै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको पुष्टि गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले हस्ताक्षर गरेको बिज्ञप्तिमा बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको उल्लेख छ ।

हङकङस्थित प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा नयाँ प्रजातिको कोरोना देखिएको जानकारी विज्ञप्तिमा उल्लेख छ । केही दिनअघि बेलायतबाट आएका छ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि उहाँहरुलाई कोरोनाको नयाँ प्रजाति हो वा हैन पत्ता लगाउन विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङको प्रयोगशालामा नमूना पठाइएकामा तीन जनामा नयाँ कोरोनाको प्रजाति रहेको पुष्टि भएको हो ।

हङकङबाट सोमबार नमूनाको रिपोर्ट आएकोमा बेलायतबाट फर्किएकामध्ये २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरूषमा देखिएको भाइरस यसअघि बेलायतमा देखिएको नयाँ भेरियन्टसँग मिलेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नयाँ प्रजातिको कोरोना संक्रमण देखिएकामध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरूष संक्रमणमुक्त भइसकेका र ६७ वर्षीय पुरूषमा पनि कुनै लक्षण नदेखिएको विज्ञप्तिमा उल्लेख छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter