• Tuesday, April 22, 2025

नयाँ सङ्क्रमित ३४८ जना थपिए, ४४१ जना सङ्क्रमित निको भए

काठमाडौं, माघ ६ गते । नेपालमा कोरोना भाइरसका ३४८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ४४१ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ६२ हजार २५९ जना सङ्क्रमित निको भइसकेका छन् ।

पछिल्लाे २४ घण्टामा नेपालमा चारहजार ९५६ जनाकाे अारती पीसीअार परीक्षणमा ३४८ जना सङ्क्रमित थपिएका हुन् । नेपालमा अहिलेसम्म

हाल तीनहजार ७६४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट दुई लाख ६७ हजार ९९२ जना सङ्क्रमित भएका छन् ।

पछिल्लो चौबीस घण्टामा चार जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म एक हजार ९६९ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । हाल तीन हजार ७६४ जना आइसोलेशनमा र १९० जना क्वारेन्टिनमा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter