३०२ मा सङ्क्रमणको पुष्टि; अनलाइन विवरण लिइँदै, शुक्रबार अपरान्हसम्म ४७ हजार पुगे

काठमाडौं, माघ ९ गते । नेपालका कोरोनाभाइरसका ३०२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५४५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३०२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिडका कुल सङ्क्रमितको संख्या दुई लाख ६८ हजार ९४८ पुगेको जनाएको छ । हाल तीन हजार ६१४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । हालसम्म बीस लाख ३५ हजार ३०१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार ४८० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ६३ हजार ३४८ जना सङ्क्रमित निको भइसकेका छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा सात जना सङ्क्रमितको मृत्युको पुष्टि भएको जनाएको छ । कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक हजार ९८६ पुगेको हो ।

हाल तीन हजार ६१४ जना आइसोलेशनमा र १५८ जना क्वारेन्टिनमा रहेका छन् ।

अनलाइन विवरण लिइँदै, शुक्रबार अपरान्हसम्म ४७ हजार पुगे

देशभरीबाट कोभिडको पहिलो चरणमा खोप लगाउने सेवाग्राहीको विवरण विद्युतीय प्रणालीबाट संकलन भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सूचना व्यवस्थापन इकाइले संकलन गरिरहेको छ । शुक्रबार, दिउँसो ३.०० बजेसम्ममा ४७ हजारको विवरण सूचना व्यवस्थापन इकाइमा संकलन भइसकेको छ । ‘ शुक्रबार प्रत्यक घण्टामा तीन हजारभन्दा धेरैको नाम सूचना केन्द्रमा दर्ता भइरहेको छ’ सूचना व्यवस्थापन एकाइका प्रमुख राजेन्द्र पौडेलले भन्नुभयो ।

‘शनिबार साँझसम्ममा पूर्ण विवरण आइसक्छ होला’ पौडेलले भन्नुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा स्वास्थ्य संस्थाहरुमा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, कार्यालय सहयोगी,गेटमा बस्ने सुरक्षाकर्मी, काउन्टरमा बस्ने कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिडको संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोरमैला व्यवस्थापन तथा सरसफाइकर्मीको तंथ्याङ्ग विद्युतीय प्रणालीमा संकलन गरिरहेको छ ।

त्यसका लागि सूचना व्यवस्थापन एकाइले माघ ८ गते सार्वजनिक सूचनानै प्रकाशित गरेको थियो । सूचनामा पहिलो चरणमा खोप लगाउने तोकिएको मापदण्डका कर्मचारीले सम्बन्धित कार्यालयका प्रमुखको सिफारिसमा नाम दर्ता गराउने र एक साताभित्र उहाँहरुलाई खोप लगाउने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ ।

भारत सरकारले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको १० लाख डोज कोभिसिल्ड खोपलाई टेकुमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्रमा भण्डारण गरिएको छ । केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको खोपलाई सातैवटा प्रादेशिक भण्डारण केन्द्रमा पठाउने र प्रादेशिक भण्डारण केन्द्रबाट आवश्यक अनुसारको प्याकेट बनाएर जिल्ला–जिल्ला पु¥याउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले भन्नुभयो । उहाँले खोप आएको एक साताभित्रमा सबै जिल्लामा खोप लगाइसक्ने गरि मन्त्रालयले तयारी गरिररहेको उहाँले बताउनुभयो ।

देशभरीबाट खोप लगाउने व्यक्तिहरुको विवरण संकलन भइरहेको छ । त्यसका लागि सूचना व्यवस्थापन इकाइले काम गरिरहेको उहाँले बताउनुभयो ।

पहिलो चरणमा स्वास्थ्य संस्थाहरुमा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अंग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी, कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिडको संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोरमैला व्यवस्थापन तथा सरसफाइ कर्मीको तथ्याङ्ग विद्युतीय प्रणालीमा संकलन गरिसकेको छ । २ देखि ८ डिग्री सेल्सियस तापक्रम कायम राख्दै खोपको भण्डारण, ढुवानी र ओसारपसार गरिन्छ । सूचना व्यवस्थापन इकाइमा आएको विवरण अनुसार पहिलो चरणमा खोप लगाउन पाउनेको जिल्लागत रुपमा खोपको भाइल पठाउने तयारी स्वास्थ्य मन्त्रालयको छ ।

स्वास्थ्य मन्त्रालयको सूचना व्यवस्थापन एकाइका प्रमुख पौडेलका अनुसार पहिलो चरणमा सबैभन्दा बढी बागमती प्रदेशमा खोप लगाउनेको संख्या देखिएको छ । बागमती प्रदेशमा सबैभन्दा धेरै खोप लगाउने सम्भावना रहेको पौडेलले भन्नुभयो । शनिबारसम्म सबै विवरण आएसँगै जिल्ला जिल्लामा खोपको मात्रा पठाइनेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter