• Saturday, April 05, 2025

तीन हजार ६१८ परीक्षणमा १०९ सङ्क्रमित थपिए, ३५० सङ्क्रमणमुक्त

काठमाडौं, माघ १७ गते । नेपालमा कोरोना भाइरसका एकसय नाै जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ८५४ जना पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा तीन हजार ६१८ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका एकसय नाै जना सङ्क्रमित थपिएका हुन् । अहिलेसम्म २० लाख ६७ हजार ६९९ पीसीआर परीक्षण भइसकेको छ ।

देशका विभिन्न अस्पतालबाट ३५० जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा ३५० जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६६ हजार ४८ जना पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.२३ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा दुईजनाकाे मृत्यु भएकाे मन्त्रालयले उल्लेख गरेको छ । याेसँगै दुई हजार २७ जना सङ्क्रमितकाे मृत्यु भएकाे छ ।

हाल दुई हजार ७७९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने दुई हजार ७७९ जना आइसोलेशनमा र १०९ जना क्वारेन्टिनमा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter