• Wednesday, April 02, 2025

एकसय पाँच जना सङ्क्रमित थपिए, २८८ सङ्क्रमणमुक्त; चीनले तीन लाख मात्रा खोप उपलब्ध गराउने

काठमाडौं, माघ १८ गते । नेपालमा कोरोना भाइरसका एकसय पाँच जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ९५९ जना पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा तीन हजार ३०८ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका एकसय पाँच जना सङ्क्रमित थपिएका हुन् । अहिलेसम्म २० लाख ७१ हजार सात वटा पीसीआर परीक्षण भइसकेको छ ।

देशका विभिन्न अस्पतालबाट २८८ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा ३५० जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६६ हजार ३३६ जना पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.२९ मा उक्लेकाे छ ।

पछिल्लो चौबीस घण्टामा दुईजनाकाे मृत्यु भएकाे मन्त्रालयले उल्लेख गरेको छ । याेसँगै दुई हजार २९ जना सङ्क्रमितकाे मृत्यु भएकाे छ ।

हाल दुई हजार ५९४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने दुई हजार ५९४ जना आइसोलेशनमा छन् ।

काठमाडाैं उपत्यकामा ६८ जना सङ्क्रमित

यस्तै काठमाडाैं उपत्यकामा ६८ जना सङ्क्रमित भएका छन् । काठमाडाैं जिल्लामा ६०, ललितपुरमा छजना र भक्तपुरमा दुई सङ्क्रमित भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

चीनले तीन लाख मात्रा खोप उपलब्ध गराउने

काठमाडौँ, माघ १८ गते । नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।

अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडो भन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन निर्धारण गरेको मापदण्डअनुरुप चीनमा उत्पादित उक्त खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter