• Thursday, May 01, 2025

नेकपा विप्लब समूह माथिको प्रतिबन्ध फुकुवा, तीन बुँदे सहमति अनुमोदन

काठमाडौं, फागुन २० गते । सरकारले नेपाल कम्युनिष्ट पार्टी (बिप्लब समूह) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रतिबन्ध फुकुवा गरेको हो ।

बिप्लब समूहले हिंसात्मक गतिविधि गरेपछि तत्कालिन सरकारले २०७५ फागुन २८ गतेदेखि सो समूहमाथि प्रतिबन्ध लगाएको थियो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीकाअनुसार आज विहान भएको तीन बुँदे सहमति अनुसार विप्लब समूहमाथिको प्रतिबन्ध फुकुवा गरिएको हो ।

भोलि शुक्रबार दिउँसो हुने औपचारिक कार्यक्रममार्फत् जेलमा रहेका सो समूहका नेता तथा कार्यकर्ता रिहाईको औपचारिक घोषणा गरिने मन्त्री चौधरीले बताउनुभयो । विहान भएको दुई पक्षीय सहमतिलाई मन्त्रिपरिषद बैठकले अनुमोदन समेत गरेको उहाँले जानकारी दिनुभयो ।

शुक्रबार हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा ९विप्लब समूह० का महासचिव नेत्रविक्रम चन्दले औपचारिक सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ

विप्लव समूहका नेतालाई शुक्रबारदेखि छाड्न गृहद्वारा परिपत्र

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न परिपत्र जारी गरेको छ ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र मार्फत प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु¥याएर छाड्न निर्देशन दिएको गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबारसम्म उक्त समूहका उपल्ला नेताहरुमा धर्मेन्द्र बास्तोला, वीरजंग चन्द, ओम पुन र माइला लामालगायतलाई छाड्ने तयारी रहेको छ ।

यस्तै, अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय र सहजीकरण गर्न समेत निर्देशन दिइएको छ ।

उहाँले भन्नुभयोे, ‘प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु¥याएर छाड्न आजै निर्देशन भइसकेको छ, शुक्रबार सम्ममा चारजना नेतालगायत छाड्ने तयारी छ, अन्यको हकमा सहजीकरण हुन्छ, अन्य उपल्ला नेतालगायतहरु सबै अहिले नै छोड्ने भन्ने नहोला, अदालतमा विचाराधीन भएको हकमा सहजीकरण हुन्छ ।’

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter